अयोध्या विषयबारे परेका सबै याचिका खारेज

एजेन्सी– भारतको सर्वोच्च अदालतको संवैधानिक बेन्चले अयोध्याको विषयमा दाखिल गरिएका सबै १८ पुनर्विचार याचिका खारेज गरिदिएको छ ।

बन्द सुनुवाईमा पाँच न्यायाधीशको संवैधानिक बेन्चले सबै याचिकाहरु सुनुवाई गरेको हो र ती याचिकालाई खारेज गरिदिएको हो । 

यो सँगसँगै अब अयोध्या राम मन्दिरको हो भन्ने फैसलामाथि अरु कुनै रिभ्यु नहुने प्रष्ट भएको छ ।

भारतमा सर्वोच्च अदालतबारे कलम चलाइरहेका पत्रकार सुचित्र महोन्तीका अनुसार सर्वोच्चले ९ नोभेम्बर २०१९ मा भारतमा सबैभन्दा विवादित भूमि बाबरी मस्जिद बनाइएको ठाउँ राम मन्दिरको भएको भन्दै गरेको फैसलामा १८ याचिका परेका थिए । यी सबैमाथि बिहिबार सर्वोच्चमा सुनुवाई भएको र सबै खारेज गरिएको हो ।

अयोध्याबारे तत्कालीन मुख्य न्यायाधीश रन्जन गोगोईको अध्यक्षतामा बसेको इजलासले गरेको थियो । पाँच न्यायाधीश सम्मिलित यो बेन्चका सबै न्यायाधीशले यसलाई सर्वसम्मतीले पारित गरेका थिए । 

न्यायाधीश गोगोई अब निवृत्त भइसकेका छन् । अहिले भारतका मुख्य न्यायाधीश एसए बोबडे आएका छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १७:४८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया