पौडेल र सिटौलाले किन गरे केन्द्रीय समिति बैठक बहिस्कार ?
फाइल तस्वीर ।

काठमाडौं– नेपाली कांग्रेसको बिहिबार बसेको पार्टी केन्द्रीय समिति बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाले बहिस्कार गरेका छन् । यी दुई नेतामात्र होइन, बिहिबार दिउँसो सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा यी दुई नेता पक्षधर अन्य नेताहरु पनि उपस्थित भएनन् । तर, उनीहरु उपस्थित नहुँदा पनि बैठक बस्यो । 

उपनिर्वाचनको समीक्षा, सांगठनिक तथा अन्य समसामयिक विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका थिए । बैठकमा कांग्रेसले यसअघि गरेका दुई राष्ट्रिय जागरण अभियानको विषयमा छलफल गर्दै तेस्रो राष्ट्रिय जागरण अभियानबारे पनि छलफल गर्ने बताइएको थियो । 

तर, पौडेल र सिटौलाले यो बैठक बहिस्कार गरे । बैठक भएको समयमा नेता पौडेल पार्टी कार्यालय सानेपामा नै रहेको तर बैठकमा भाग नलिन नगएको उनीनिकट एक नेताले बताए ।

‘सभापति देउवा पार्टीको महाधिवेशन पछाडि सारेर आफूले पार्टीलाई नेतृत्व गरिरहने दाउमा छन्,’ पौडेल निकट ती नेताले भने, ‘सबैको सहमति नहुने हो र पार्टीमा विधि र विधानलाई ख्याल नगर्ने हो भने यस्ता बैठकमा सहभागी हुनुको कुनै अर्थ पनि छैन ।’

पछिल्लो समय पौडेल पक्षले पार्टीमा देउवाले एकलौटी गर्न खोजेको, कुनै पनि निर्णयमा सल्लाह गर्न छाडेको र नजिकिँदो महाधिवेशनको बेवास्ता गरेर गुटबन्दी गर्न खोजेको आरोप लगाउँदै आएको छ । 





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १८:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया