रहेनन् काठमाडौंका पहिलो मेयर

काठमाडौं– काठमाडौंका पहिलो जननिर्वाचित मेयर जनकमान श्रेष्ठको निधन भएको छ । ९२ वर्षका श्रेष्ठ एक वर्षदेखि कलेजोको क्यान्सरबाट पीडित थिए । 

शुक्रबार विहान टेकुस्थित आफ्नै निवासमा उनको निधन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

उनको निधनमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले शोक व्यक्त गरेका छन् । श्रेष्ठ २०१० सालमा काठमाडौं नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । श्रेष्ठका श्रीमती, एक छोरी र एक छोरा छन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७६ शुक्रबार १६:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया