प्रधानमन्त्रीले भने– स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ
फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थयमा तीव्र सुधार भइरहेको जनाएका छन् । 

बालुवाटारमा बसेको नेकपा सचिवालयमा बैठकमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । उनी सचिवालय बैठकमा केही बेर उपस्थित भएका थिए । 

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले बैठकमा आफ्नो स्वास्थ्यबारे बताएको जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्री ओली केहीबेर बैठकमा सहभागी हुनु भएको थियो,’ श्रेष्ठले भने, ‘स्वास्थ्यबारे उहाँले बैठकमा जानकारी गराउनु भयो, उहाँले तीव्र गतिमा स्वास्थ्यमा सुधार भइरहेको बताउनु भयो ।’

बैठकले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको पनि उनले बताए ।

नेकपाको सचिवालय बैठक आज स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न बसेको थियो । आज दिउँसो एक बजे धुम्रवराहीमा नेकपाको स्थायी कमिटी बैठक बस्दै छ । 



बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दै छन् । बैठकमा नै नेकपाको विधान पनि संशोधन गरिँदै छ । यो संशोधनपछि नेकपाका नेता वामदेम गौतम उपाध्यक्ष हुने बाटो खुल्नेछ । 



  • प्रकाशित मिति : मंसिर २९, २०७६ आइतबार १२:६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया