Fri, 07 Aug, 2020


विवाहको पहिलो रात हार्टएट्याकको बहाना बनाएर युवाले मनाए प्रेमिकासँग सुहागरात
फरकधार / मंसिर २९, २०७६

एजेन्सी– भारतको उत्तर प्रदेशमा विवाहसम्बन्धी एउटा समाचार अहिले निकै चर्चामा छ । यो बरेलीको घटना हो । त्यहाँ एक युवाले विवाहको दिन आफ्नी पत्नीसँग होइन, प्रेमिकासँग सुहागरात मनाएका छन् । 



विवाह गरेपछि यी युवा घरमा पुगेका रहेछन् । अनि उनले श्रीमतीसँग एक साथीको हृदयघात भएको बताउँदै घरबाट निस्किएछन् । तर, उनी खासमा आफ्नी प्रेमिका भेट्न पुगेछन् । 

यो कुरा थाहा भएपछि ती नयाँ बेहुलीले माइतीसँग मिलेर प्रहरीमा उजुरी दिएकी छिन् । अहिले प्रहरीले यो विषयमा अनुसनधान सुरु गरेको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्