म विद्यार्थीहरुकाे साथमा छु: जामियाकी उपकुलपति

एजेन्सी– भारतमा नयाँ नागरिकता कानुनको विरोधमा जामिया मिलिया इस्लामिया विश्वविद्यालयका छात्राले गरेको प्रदर्शनमा प्रहरीले गरेको कारवाहीलाई लिएर निकै आलोचना भएको छ । जामिया विश्वविद्यालय भित्रै पसेर प्रहरीले त्यहाँ कारवाही गरेको थियो । यसबारे विभिन्न भिडियो अहिले सामाजिक सन्जालमा निकै भाइरल भइरहेका छन् । 

यहीबीच जामियाकी उपकुलपति प्रोफेसर नजमा अख्तरले यसबारे भारतीय समाचार एजेन्सी एएनआईसँग कुराकानी गरेकी छिन् । 

उनले प्रहरी कारवाहीबारे दुःख व्यक्त गरेकी छिन्  । उनले भनेकी छिन्, ‘मेरा छात्राहरुसँग गरिएको बर्बरता मैले देखेँ, तस्वीरहरु देखेँ, यसले मलाई दुखी बनाएको छ । प्रहरीलाई कुनै अनुमति विना क्याम्पसभित्र आउन र लाइब्रेरीमा रहेका निर्दोष बच्चाहरुलाई कुटपिट गर्नु कुनै पनि अर्थमा स्वीकार्य छैन । म विद्यार्थीहरुलाई भन्न चाहन्छु कि यो मुश्किल घडीमा तिमीहरु एक्लै छैनौँ, म तिमीहरुको साथमा छु । पूरै विश्वविद्यालय तिमीहरुको साथमा छ ।’

उनले यो विषयलाई आफूले जहाँसम्म लिएर जान सक्छिन्, त्यहाँसम्म लिएर जाने पनि बताएकी छिन् । उनले आफूहरु सबै एक भएको र गलत खबरबारे विश्वास नगर्ने पनि बताएकी छिन् । 

भारतीय प्रहरीले जामिया विश्वविद्यालय भित्रै छिरेर विद्यार्थीमाथि कुटपिट गरेकाे थियाे ।

‘आइतबार बिदाको दिन थियो,’ उनले भनिन्, ‘प्रहरीले हाम्रा विद्यार्थीलाई लखेट्दै लाइब्रेरीसम्म पुगेछ । प्रहरी यति धेरै तीव्र गतिमा रहेछ कि त्यहाँ कसैले पनि केही थाहा पाउन सकेनछ । जो बच्चाहरु विरोधमा गएका पनि थिएनन्, उनीहरुमाथि कुटपित भएछ । यसमा जो घाइते भएका छन्, उनीहरुको उपचार जामियाले गराउनेछ । यो हाम्रो जिम्मेवारी हो । तर, प्रहरीले हामीसँग कुनै अनुमति लिएन ।’





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार १०:४१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया