एजेन्सी– सन् २००७ मा दीपिका पादुकोणले फराह खानको फिल्म ओम शान्ति ओममा बलिउडमा राम्रो पहिचान बनाइसकेका बलिउडका बादशाह शाहरुख खानसँग फिल्म खेल्ने निर्णय गरिन् । त्यसपछि कुन फिल्ममा काम गर्ने वा नगर्ने भन्नेमा दीपिका निकै चुजी हुन थालेकी छिन् ।
बचना ऐ हसिनो, हाउसफुल, देसी व्याज, रेस २, पिकू, बाजीराव मस्तानी, पद्मावतजस्ता फिल्ममा काम गरेर दीपिकाले आफूलाई चुजी हुँ भन्ने पनि प्रमाणित गरेकी छिन् । उनले हलिउड फिल्म ट्रिपल एक्सः रिटर्न अफ जेन्डर केजमा पनि काम गरिसकेकी छिन् ।
तर, यी फिल्ममा उनी कसरी आफूलाई चुजी बनाउँछिन् त ? यसबारे दीपिका भन्छिन्, ‘अहिले पनि कुनै पनि फिल्म त्यही तरिकाले छान्छु जुन यसअघि पहिले पनि छान्थेँ । म त्यस्ता फिल्ममात्र गर्छु, जसले मलाई कम्फर्ट जोनमा राख्छन् ।’ उनले आफूलाई राम्रो लागेका कथामाथि खेल्न जहिले तयार पारेर राख्ने बताएकी छिन् ।
उनले आफू निर्माता भएर काम गर्ने फिल्म पनि आफू अभिनेत्री भएर काम गर्ने फिल्मभन्दा फरक नपर्ने बताएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।