काठमाडौं– वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ ।
संस्थापन पक्षसँग वार्तापछि पौडेल पक्षका नेताहरुबीचको छलफलले बैठकमा नजाने निर्णय गरेको हो । पौडेल पक्षका एक नेताले दिएको जानकारीअनुसार, उनीहरुले दिउँसो ३ बजे आफ्नो पक्षको बैठक बोलाएका छन् ।
अघिदेखिको विवाद मिलाउन आज बिहान दुई पक्षको वार्ता समितिबीच छलफल भएको थियो । संस्थापन पक्षका तर्फबाट वार्ता गर्न उपसभापति विमलेन्द्र निधि पौडेल पक्षका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका थिए ।
पौडेल पक्षका ती नेताले कुराकानी सकारात्मक भए पनि टुंगोमा नपुगेको भन्दै सहमतिका लागि प्रयास जारी राख्ने, तर निष्कर्षमा नपुगेसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने बताए ।
बिहीबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक १४औं महाधिवेशनको कार्यतालिकालाई पहिलो एजेन्डा बनाउनुपर्ने माग गर्दै पौडेल समूहले बहिस्कार गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।