बुढीगण्डकी जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउन सांसद अधिकारीकाे माग

काठमाडौं– गाेरखाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएका छन् ।

भीमसेन थापा गाउँपालिका–४ धावामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद अधिकारीले बुढीगण्डकी जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले त्यसलाई प्राथामिकता दिएर निर्माण अघि बढाउनुपर्नेमा जोड दिए । 

सांसद अधिकारीले भने, ‘विद्युत् उत्पादन मात्र नभई अब आयोजना वरपरको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने गरी आयोजना निर्माणको अघि बढाउनु आवश्यक छ ।’ उनले आयोजनावरपर चक्रपथ निर्माण गरी त्यसको उचित व्यवस्थापन गर्न सके यो आयोजनाले देशको मुहार नै फेर्न सक्ने बताए ।

सांसद अधिकारीले आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखातर्फका आरुघाट, आर्खेत र धादिङतर्फका विशालटार तथा खहरे क्षेत्रको मुआब्जा निर्धारण भएका केही प्राविधिक समस्यालाई हल गर्न आफूले पहल गरिरहेको बताए ।

‘मुआब्जामा निर्धारणमा जनतालाई मर्कामा पर्नु हुँदैन भन्नेमा म पनि प्रतिबद्ध छु’, उनले भने, ‘डुबान क्षेत्रका जनताको पुनर्बास र पुनःस्थापनाका लागि अब राज्यले उचित निर्णय लिनुपर्छ ।’





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार १५:४५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया