ममताले भनिन्– नागरिकता संशोधन कानुन मेरो लाशमाथि मात्र लागु हुन्छ

एजेन्सी– भारतमा आएको नयाँ नागरिकता संशोधन कानुनको व्यापक विरोध भएको छ । विशेष गरि प्रतिपक्षी दल र पश्चिम बंगालमा यसको विरोध चर्किएको हो ।

यो कानुनको विरोधमा अन्य प्रदेशमा मात्र होइन, नयाँ दिल्लीमा पनि यसको विरोध सुरु भएको छ । नयाँ दिल्लीमा आइतबार निकै धेरै सवारी साधनमा आगो पनि लगाइएको थियो । 

अब यो कानुनको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि अभिव्यक्ति दिएकी छिन् । उनले भनेकी छिन्, ‘म मेरो राज्यमा नागरिकता संशोधन कानुन लागु हुन दिन्नँ । यदि उनीहरुले चाहन्छन् भने मेरो लाशमाथि यो कानुन लगाउनु पर्ने हुन्छ ।’

यही कानुनको विरोधमा भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीले पनि अभिव्यक्ति दिएकी छिन् । उनले सरकारले तानाशाही प्रवृत्ति देखाएको अभिव्यक्ति दिएकी हुन् ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार २०:४०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया