पुरुषभन्दा महिला राम्रा नेता, बुढा नेताले गर्दा समस्या भयाे: बाराक ओबामा

‘यदि विश्वका सबै देशहरुलाई महिलाले नेतृत्व गर्ने हो भने गुणस्तर जीवनशैली र उत्पादनहरुमा ठूलो विकास देखिनेछ ।’

यो अभिव्यक्ति हो, अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको । 

सिंगापुरमा एक कार्यक्रममा बोल्दै ओबामाले यस्तो बताएका हुन् । उनले महिलाहरु पर्फेक्ट (पूर्ण) नभए पनि पुरुषभन्दा कुनै विवादविना राम्रा भएको बताएका छन् ।

उनले विश्वमा अधिकांश समस्याहरु वृद्ध पुरुष नेताहरुका कारण आएको पनि बताएका छन् जो सधैं पदमा वा शक्तिमा रहिरहन्छन् । उनले राजनीतिक ध्रुवीकरण र सामाजिक सन्जालले फेक न्युज फैलाइरहेको पनि बताएका छन् ।

नेतृत्वबारे भएको एक कार्यक्रममा बोल्दै ओबामाले आफू राष्ट्रपति हुँदा नै महिलाले नेतृत्व गरेको संसार कस्तो हुँदो हो भन्ने कल्पना गर्ने गरेको बताएका छन् । 

‘महिलाहरु, म तपाईंहरुलाई के थाहा होस् भन्ने चाहन्छु भने, तपाईंहरु पूर्ण हुनुहुन्न तर म निर्विवाद रुपमा के भन्न सक्छु भने तपाईंहरु हामीभन्दा राम्रो चाहिँ हुनुहुन्छ,’ ओबामाले भने, ‘म के कुरामा निश्चित छु भने कुनै पनि देश दुई वर्षमात्र महिलाले नेतृत्व गरेमा त्यहाँ विभिन्न कुराहरुमा उल्लेखनीय सुधार देखिनेछ ।’



उनले अब फेरि आफू पदमा नजाने पनि बताए । आफूले नेताहरुले समय आएपछि पछि हट्नु पर्ने कुरामा आफू विश्वस्त भएको त्यहाँ बताएका छन् । ‘खासमा समस्याहरु बुढा मानिसहरुले सिर्जना गरिरहेका छन् जो पद र शक्ति छोड्न चाहँदैनन्,’ उनले भने, ‘नेताहरुले उनीहरुलाई सम्झाउनु पर्छ, त्यहाँ तिमीहरु एउटा काम गर्न पुगेका हौ, जीवन बिताउन होइन ।’

ओबामाले सन् २००९ देखि २०१७ सम्म अमेरिकी राष्ट्रपतिका रुपमा काम गरे । 



उनी श्रीमती मिसेलसँग ओबामा फाउन्डेसनको कार्यक्रमका लागि सिंगापुर पुगेका हुन् ।

  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार २२:४५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया