कैलालीको लम्की चुहा नगरपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा निःशुल्क सेनिटरी प्याड वितरण गरिएको छ ।
विद्यालयमा अध्ययनरत छात्राको सहजताको लागि सबै सामुदायिक र संस्थागत विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको जनाएको छ । नवलपरासीको रोज बहिनी सिर्जनशील महिला समाज, सुस्ताले निःशुल्क सेनिटरी प्याड वितरण गरेको हो ।
समाजकी सुदूरपश्चिम प्रदेशका सचिव समीक्षा जोशीका अनुसार, नगरका २८ विद्यालयका छात्रालाई सेनिटरी प्याड प्रदान गरिएको छ । लम्की चुहा नगरपालिकाबाट सुरु गरिएको र अब सुदूरपश्चिम प्रदेशका सबै माध्यमिक विद्यालयमा वितरण गरिनेछ । यसपछि पनि मागअनुसार, थप सेनिटरी प्याड वितरण गरिने उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।