अज्ञात रोगले एक सातामै मरे ७५ बंगुर

अज्ञात रोगका कारण रूपनी गाउँपालिका–६ को एक फारममा एक सातामै ७५ वटा बंगुर मरेका छन् । स्थानीय किसान कुलानन्दप्रसाद चौधरीले पालेका ७५ वटा बंगुर एक सातामै मरेका हुन् ।

२३ मंसिरदेखि बंगुर मर्ने क्रम सुरु भएको चौधरीले बताए । ‘आइतबारसम्म ७५ वटा बंगुर मरिसके । यसले मेरो व्यवसायमा ठूलो नोक्सानी भएको छ,’ चौधरीले भने । उनले रूपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा बंगुर फारम सञ्चालन गर्दै आएका छन् ।

ज्वरो आउने, काम्ने, र्‍याल निकाल्ने र त्यसको केही समयमै बंगुर मर्ने गरेको चौधरीले बताए । बंगुरमा महामारी फैलिएपछि दुई दिनअघि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला विराटनगर र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहाको प्राविधिक टोलीले फारममै पुगेर जानकारी लिएको छ । विराटनगरको टोलीले मासु र सिरहाको टोलीले रगत परीक्षणका लाग लिएर गए पनि रिपोर्ट नआएको चौधरीले बताए ।

प्राविधिककै सल्लाह अनुसार बुधबारदेखि बंगुरलाई औषधि गर्न थालिएको छ । तर, मर्ने क्रम भने अझै नरोकिएको चौधरीले बताए । ७५ वटा बंगुर मर्दा १० लाख रुपैयाँभन्दा बढीको क्षति भएको चौधरीको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ३०, २०७६ साेमबार २३:९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया