एजेन्सी– भारतका गृहमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले अयोध्यामा चार महिनामा आकाश छुने राम मन्दिर बनाउने बताएका छन् ।
आजको टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार सर्वोच्च अदालतले गरेको फैसलाअनुसार ती ठाउँमा छिट्टै राममन्दिर बन्ने उनले बताएका हुन् ।
‘सर्वोच्चको फैसला आएपछि त्यहाँ राम मन्दिर बन्ने निश्चित भएको छ,’ शाहले भनेका छन्, ‘अझै पनि कांग्रेसले यसलाई अटकाएर राख्ने षडयन्त्र रचेको छ, तर हामीले चार महिनामा आकाश छुने राम मन्दिर बनाउने छौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।