पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्ड दिने पाकिस्तानी अदालतकाे फैसला

एजेन्सी– लाहाेरकाे उच्च अदालतले पाकिस्तानका पूर्वराष्ट्रपति परवेेज मुशर्रफलाई देशद्राेहकाे मुद्दामा फाँसीकाे सजाय सुनाएकाे छ ।

तर, अहिले मुशर्रफ पाकिस्तानमा छैनन् । उनी उपचारका लागि अहिले दुबईमा अस्पतालमा भर्ना भएर बसेका छन् । केही दिन पहिले मुशर्रफले एक भिडियो सार्वजनिक गर्दै र आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै छानबिन आयोगलाई आफूकहाँ आएर आफ्नो अवस्थाबारे थाहा पाउन अनुरोध गरेका थिए । 

संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दाबारे उनले भनेका थिए, ‘यो मुद्दा पूरै निराधार छ । देशद्रोहको त कुरा छोड्नुस्, मैले देशको धेरै सेवा गरेको छु, युद्ध लडेको छु र देशको सेवा दश वर्षसम्म गरेको छु ।’

लाहोरको उच्च अदालतमा तीन सदस्यीय न्यायाधीशको बेन्चले यो फैसला सुनाएको हो । 

मुशर्रफले भिडियोमा आफूमाथि लागेको आरोपमा कुनै सुनुवाई नै नभएको बताएका थिए ।

उनले आफ्ना वकिल सलमान सफदरको आवाज न्यायाललयले नसुनेको आरोप लगाएका थिए । ‘ममाथि ज्यादती भएको छ, न्याय भएको छैन,’ उनले भनेका थिए ।



उनले आफूमाथि न्याय हुने आशा लिएको पनि बताएका थिए । 

इस्लामाबादको विशेष अदालतले ३१ मार्च २०१४ को देशद्रोहको एक मुद्दामा पाकिस्तानका पूर्व सैनिक राष्ट्रपति जनरल मुशर्रफलाई अभियुक्त बनाएको थियो । 



उनी पाकिस्तानको इतिहासमा पहिलो यस्तो व्यक्ति थिए जसको विरुद्ध संविधानको अवहेलना गरेको मुद्दा चलेको थियो ।

सन् २०१३ मा त्यहाँ भएको निर्वाचनमा जितेपछि पाकिस्तान मुस्लिम लिग (नवाज) सरकारमा आयो । सरकारमा आएपछि नै मुशर्रफविरुद्ध संविधानको अवहेलना गरेको मुद्दा दायर भएको थियो ।

उनीविरुद्ध लागेको यो देशद्रोहको मुद्दा सुनुवाई गर्न त्यहाँको विशेष अदालतमा चार मुख्य न्यायाधीश फेरिएका थिए । 

अभियुक्त मुशर्रफ केवल एक पटक विशेष अदालतसमक्ष प्रस्तुत भएका थिए । त्यसपछि उनी अस्पतालमा उपस्थित भएनन् ।

यसबीच मार्च २०१६ मा खराब स्वास्थ्यलाई कारण देखाउँदै मुशर्रफ विदेश गएका थिए । 


  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १३:८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया