काठमाडौं– नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय एयरलाइन्स अवार्ड पाएको छ । यसअघि सो अवार्ड थाई एयर र फिन एयरले पाएका थिए ।
एयरलाइन्स क्रिटिज एन्ड ब्लगर एसोसिएसनले सन् २०१९ को ‘मस्ट पपुलर एयरलाइन्स अवार्ड’ नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)लाई प्रदान गरेको हो ।
एयरलाइन्स क्रिटिज एन्ड ब्लगर एसोसिएसनका अध्यक्ष टिपियस ग्रोबरका अनुसार चार सय ५० भन्दा बढी एयरलाइन्स ब्लगर, रिभ्युअर, यात्रु र एभियसन पत्रकारको समीक्षाका आधारमा नेपाल एयरलाइन्सलाई सो अवार्ड प्रदान गरिएको हो ।
यो अवार्ड वायुसेवा कम्पनीका कर्मचारीको व्यवहार, उडानका क्रममा क्रु मेम्बरले गर्ने व्यवहार, यात्रु सेवा, इन्फ्लाइट खानाको गुणस्तर, मनोरञ्जन, सुरक्षित सेवा, आरामदायी सिट, मूल्यलगायतका आधारमा प्रदान गरिन्छ ।
एशोसियसनले विगत चार वर्षदेखि अवार्ड प्रदान गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।