माइग्रेनको समस्या छ ? खानपानमा ध्यान पुर्याउनुस्

अहिले धेरै मानिसलाई माइग्रेनको समस्या हुने गरेको छ । बिरामीलाई यसको पीडा सहन धेरै गाह्रो हुने गर्छ । माइग्रेन भएको मानिसको टाउका असाध्यै दुख्ने गर्छ । सँगै बान्ता हुने, रिंगटा लाग्ने, उज्यालो तथा आवाजबाट गाह्रो महसुस हुने माइग्रेनका प्रमुख लक्षण हुन् । 

माइग्रेन हुनुको ठोस कारण भने अहिलेसम्म पत्ता लागेको छैन । तर, चिकित्सकहरुका अनुसार कोही व्यक्तिको मस्तिष्कको गतिविधिमा आउने सामान्य बदलाव नै माइग्रेनको कारण हो । माइग्रेनले रक्तनली र स्नायु प्रणालीलाई प्रभावित पार्छ । कुनै–कुनै औषधि, हर्मोनमा आउने परिवर्तन, थौरै निद्रा पनि माइग्रेनको कारण हुन् ।

माइग्रेन हुनुमा हामीले खाने खानेकुराले पनि अहम् भूमिका निर्वाह गर्छ । खानाले १० प्रतिशत मानिसलाई औषधिको काम गर्छ । 

क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनअनुसार माइग्रेनपीडितलाई विभिन्न डाइटहरुले फरक प्रभाव पार्छ । एउटा व्यक्तिलाई कुनै खाना खाएका कारण बढी टाउको दुख्छ भने अन्यलाई पनि त्यही खानाले बढी टाउको दुख्छ भन्ने हुँदैन । यो व्यक्तिपिच्छे फरक हुन सक्छ । 

माइग्रेनको समस्या भएको व्यक्तिले क्याफिन तत्व धेरै खानुहुँदैन । यसले टाउको दुखाइ बढी हुन सक्छ । कफीमा क्याफिन धेरै मात्रामा पाइन्छ । यसको सेवनले दिमागको नसाको काममा रोकावट हुने गर्छ र रक्तसञ्चार सुस्त गतिमा हुन्छ । 

कतिपय प्रशोधित खानामा कृत्रिम गुलियो प्रयोग गरिएको हुन्छ । यो चिनीको विकल्पका रूपमा प्रयोग गर्ने गरिन्छ । यसको प्रयोगले माइग्रेनको समस्या निम्त्याउन सक्छ । पेस्ट्री, केक, चकलेट आदिमा यस्तो कृत्रिम गुलियो प्रयोग गरिएको हुन्छ । यी खाद्यवस्तुको प्रयोगले माइग्रेनको समस्या बढाउँछ । 



अल्कोहलको प्रयोगले पनि माइग्रेनको समस्या हुने गर्छ । अल्कोहल सेवन गरेको दुई–तीन घन्टाभित्र नै माइग्रेन हुन सक्छ । अल्कोहलको सेवनले शरीर सुक्खा बनाउँछ, माइग्रेनको एक मुख्य कारण हो । 

अधिक चकलेटको सेवन पनि माइग्रेनको कारण बन्न सक्छ । अमेरिकन माइग्रेन फाउन्डेसनका अनुसार २२ प्रतिशत मानिसलाई चकलेटको सेवनले माइग्रेन हुने गर्छ । चकलेटमा क्याफिन र बेटा फेनी लेथाइलमाइन हुने गर्छ । जसका कारण माइग्रेन हुन्छ । 



धेरै नुनको प्रयोग माइग्रेनको अर्को कारण हो । नुनिलो प्रशोधित खानामा नुनका साथै अन्य हानिकारक वस्तु मिसाइएको हुन्छ, जसले टाउको दुख्ने समस्या निम्त्याउँछ । 

चिसो खानेकुरा खाने गर्दा पनि माइग्रेनको समस्या देखापर्न सक्छ । विशेषगरी धेरै गर्मी भएका वेला धेरै चिसो खानेकुरा खाएमा माइग्रेन हुने गर्छ । 
 

  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १४:४८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया