दादुराविरुद्ध खाेप अभियान

काठमाडाैं– सरकारले आगामी फागुन र चैत्रमा देशभर दादुरा रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको समन्वय गरेको अभियानमा देशभरका नौं महिनादेखि पाँच वर्षभित्रका करिब ३० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.झलक शर्माले बताए । 

सरकारले सन् २०१९ सम्ममा नेपालबाट दादुरा रुवेला निवारण गर्ने लक्ष्य लिएको थियो । तर, अझै देशका विभिन्न भागमा दादुरा महामारीकै रुपमा रहेको छ । सरकारले दादुरा नियन्त्रणको लक्ष्य २०२३ सम्मलाई सारेको छ । आगामी तीन वर्षमा लक्ष्य पूरा गर्न अभियान सञ्चालन गर्न थालिएको शाखा प्रमुख डा. शर्माले बताए । 

अभियानको पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका  १८ लाख २४ हजार ४ सय ३३ र दोस्रो चरणअन्तर्गत चैतमा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई खोप लगाउने उद्देश्य रहेको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।

नेपालमा हालसम्म राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ११ प्रकारका खोप सञ्चालनमा छन् । सरकारले चालु आर्थिक वर्षमा चिसोका कारणले बालबालिकामा हुने झाडापखालाविरुद्धको ‘रोटा भाइरस’ नामक खोप सञ्चालनको अन्तिम तयारी गरेको छ । सरकारले वार्षिक १ अर्व ६५ करोड रकम खोप खरिदमा खर्च गर्दै आएको छ । 





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १६:३०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया