विप्लवकाे प्रचार गरेकाे आराेपमा रुकुममा दुई युवा पक्राउ

विप्लव नेतृत्व नेकपाको प्रचार गर्दै हिँडेको अभियोगमा दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । रूकुमकाे चौरजहारी नगरपालिका-४ का १६ वर्षीय अतिराम रोकाया र नेकपाका जिल्ला सदस्य  आठबीसकोट नगरपालिका-११ का १९ वर्षीय बसन्त चन्द पक्राउ परेका हुन् । 

नेकपाको पक्षमा भित्ते लेखन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।

नेकपाका कार्यकर्ताहरुले जिल्लाका विभिन्न ठाउँमा चन्दा तथा फिरौती रकम माग गरिरहेको गोप्य सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १६:३२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया