काठमाडौं– इतिहासमा पहिलो पटक विश्वका सबैभन्दा ठूला मानिएका सौन्दर्य प्रतियोगितामा सबै अश्वेत महिलाहरुले जित निकालेका छन् । मिस युएसय, मिस टिन युएसए, मिस अमेरिका, मिस युनिभर्स र मिस वल्र्डका क्राउन जितेका युवतीहरु सबै अश्वेत हुन् ।
र, यो सौन्दर्य प्रतियोगिताका लागि ठूलो उपलब्धि भएको विश्वमा विश्लेषकहरु बताइरहेका छन् ।
सन् १९२० मा सुरु हुँदा यस्ता सौन्दर्य प्रतियोगितामा अश्वेत महिलालाई भाग लिन समेत दिइएको थिएन ।
तर, पछिल्ला ५० वर्षमा अश्वेत महिलाले पनि यसमा भाग लिन पाएका छन् । तर, पहिलो पटक अश्वेत महिलाले क्राउन जितेको चाहिँ सन् १९७७ मा मात्र हो । त्यति बेला जानेली कोमिसिओङले मिस युनिभर्सको उपाधि जितेकी थिइन् । मिस अमेरिका चाहिँ सन् १९८३ मा भानेसा विलियम्स भइन् ।
शनिबार जमैकाकी टोनी आन सिंह मिस वल्र्ड घोषित भइन् । त्यसैले सन् २०१९ मा उनी अश्वेत सौन्दर्य प्रतियोगिताका हस्तीहरुको लहरमा उभिएकी हुन् ।
सिंह २३ वर्षकी मात्र भइन् । उनले फ्लोरिडा विश्वविद्यालयबाट साइकोलोजीमा डिग्री सकिसकेकी छिन् । अब उनी मेडिकल स्कुलमा पढ्ने योजनामा छिन् । मिस वल्र्डको वेबसाइटमा जनाइएअनुसार उनले अब महिलाको समर्थनमा आवाज अझ चर्को बनाउँदै लैजानेछिन् ।
दक्षिण अफ्रिकाकी टुन्जी, जो मिस युनिभर्स हुन्, चाहिँ लैंगिक हिंसाविरुद्ध आवाजलाई चर्को बनाउने पक्षमा छिन् । उनले यसबारे सामाजिक सन्जालमा लेख्न पनि थालिसकेकी छिन् ।
अर्की अश्वेत २८ वर्षकी मिस युएसए क्रिस्ट चाहिँ कैदीबन्दीको जीवनस्तर सुधार गर्न काममा लागिसकेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।