काङ्ग्रेस नेता ढुङ्गेलकाे निधन

काठमाडाैं– नेपाली कांग्रेसका नेता तथा पूर्वसाभासद् रामेश्‍वर ढुंगेलको निधन भएको छ ।

दम रोगबाट पीडित उनको निधन भएको पुष्टि नेपाली कांग्रेसले पनि गरेको छ । २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट प्रत्यक्षतर्फ निर्वाचित ढुंगेलको मंगलबार अपरान्ह राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०७० सालको संविधानसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको गढका रुपमा परिचित भक्तपुर २ बाट सुनिल प्रजापतिलाई हराएपछि ढुंगेल चर्चित भएका थिए ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १७:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया