‘नेपाली स्याट–१’ले खिच्यो पहिलो तस्बिर

काठमाडाैं– नेपाली भू उपग्रह (स्याटेलाइट)लाई नेपालबाटै ‘कमाण्ड’ गरेर खिचिएको तस्बिर सार्वजनिक भएको छ । ‘ग्राउण्ड स्टेसन’ को प्राविधिक कार्य सुरु भएसँगै नेपालबाटै कमाण्ड गरेर खिचिएको तस्बिर सार्वजनिक भएकाे हाे । 

तर स्याटेलाइटले खिचेको यो फोटोमा नेपाली भूभाग परे नपरेको आधिकारीक जानकारी छैन ।

गत वैशाख ४ मा नेपाली स्याटेलाइट प्रक्षेपण भएको थियो । नेपाल सरकारले स्याटेलाइट निर्माण र प्रक्षेपणका लागि अर्थमन्त्रालयमार्फत १ करोड ४२ लाख रुपैयाँ जापान पठाएको थियो । स्याटेलाइटलाई निर्देशित गर्ने ‘ग्राउण्ड स्टेसन’ बनाउन सरकारले नास्टलाई थप २० लाख रुपियाँ दिएको थियो । अन्तरिक्षको बाहिर भागमा राखिएको स्याटेलाइटले नेपालको पानी, मौसम एवं तापक्रमका बारेमा तस्बिर पठाउन सक्छ ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार १७:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया