Sat, 11 Jul, 2020


अर्घाखाँचीका बुद्धि राम भुसालले एनआइसी एशिया बैंकबाट पाए घातक रोग बीमा वापत १५ लाख
फरकधार / पुस १, २०७६

काठमाडौं– एनआईसी एशिया बैंककोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहकले पाउने १५ लाख बीमा रकम प्रदान गर्ने सुविधा अन्तर्गत बैंकले अर्घाखाँचीका बुद्धिराम भुसाललाई बीमा रकम वापतको चेक हस्तान्तरण गरेको छ ।



चमत्कारिक बचत (डाइमण्ड) खातावाल अर्घाखाँची जिल्ला, अर्घा गाविस वडा नं २ निवासी श्री बुद्धि राम भुसाललाई क्यान्सर रोग लागेको र उक्त खाता अन्तर्गत क्यान्सर लगायतका १८ घातक रोग लागेका खातावालहरुलाई रोग पहिचान हुने बित्तिकै प्रदान गरिने बीमा वापतको रकम रु. १५ लाखको चेक खातावालाका छोरा मनोज भुसाललाई बैंकको केन्द्रीय कार्यालय थापाथलीमा आयोजित एक कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् । 

आम सर्वसाधारणले विभिन्न घातक रोगहरुको उपचारका लागि उठाउनुपर्ने आर्थिक भार वहन गर्न सघाउ पु¥याउने हेतुले बैंकले विभिन्न निक्षेप खाताहरु खोल्दा नै विभिन्न घातक रोगहरुको बीमा सुविधा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्