घरायसी विवादले तरकारीमा विष, एककाे मृत्यु परिवारका पाँच गम्भीर

वीरगन्ज — घरायसी विवादले तरकारीमा विष हालेर आफू लगायत परिवारका अन्य सदस्यलाई खान दिँदा वीरगन्जमा एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरी निवासी जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती राधिका देवीले सोमबार रातिको तरकारीमा विष हालेको थिइन् ।

उनको उपचारको क्रममा  तराई अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। तरकारी खाएका राधिकाका ३ वर्षीय छोरा विवेकप्रसाद कुर्मी, जगदीशकी जेठी श्रीमतीका तीन छोरा र एक छोरीको अवस्था गम्भीर छ ।

उनीहरुको उपचार वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भइरहेको प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए । तरकारीमा 'अल्मुनियम फस्फेट' मिसाएको चिकित्सकले जनाएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राधिका र जगदीशको जेठी श्रीमतीकी छोरी मानषी पटेलबीच सोमबार राति खाना पकाउने विषयमा झगडा भएको थियो । ‘राधिकाले विष हालेको तरकारी आफूले पनि सेवन गरिन् अनि परिवारका अन्य सदस्यलाई पनि दिइन्,’ डीएसपी थापाले भने, ‘प्रारम्भिक अनुसन्धानमा घरायसी विवाद देखिएको छ ।’





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार २३:२:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया