प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

स्याङ्जा— स्याङ्जामा प्रहरीलाई आर्थिक प्रलोभन देखाउने एक जना पक्राउ परेका छ्न् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार रुपन्देही जिल्ला बसन्तपुर गाउँपालिका-४ घर भइ हाल वालिङ नगरपालिका-८ बस्ने ५१ वर्षीय जहरुदीन मिया पक्राउ परेका हुन् । 

मियाले वडा प्रहरी कार्यालय वालिङका प्रमुखको कार्यकक्षमा गएर गोरु ब्यापार गर्न पर्यो समस्याकाे समाधान गरिदिनु पर्याे भन्दै पैसा दिएका थिए । उनले पन्ध्र हजार टेबलमा राखिदिएको निरीक्षक घिमिरेको भनाइ छ ।

मियालाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको घिमिरेले बताए ।





  • प्रकाशित मिति : पुस १, २०७६ मंगलबार २३:१२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया