ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ, पिपिएलमा काठमाडौंको पहिलो जित

पोखरा– पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को दोस्रो संस्करण अन्तर्गत आज भएको पहिलो  खेलमा  काठमाडौं  गोल्डेन  वारियर्सले एक्सपर्ट धनगढी ब्लुजलाई १०६ रनले हराउँदै  पहिलो जित निकालेको छ । 

टस हारेर व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाउदै १८५ रनको विशाल योगफल तयार पारेको थियो । बाक्लो हुस्सुका कारण टसमा ढिलाइ हुँदा खेल १७ ओभरमा झारिएको हो । 

काठमाडौंकालागि कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक शतकीय पारी खेले । 

उनले ३८ बलको सामना गर्दै ८ चौका तथा ९ छक्काको मदतमा १०० रन प्रहार गरे । पिपिएलको यो संस्करणमा यो पहिलो शतक हो । 

त्यस्तै, जयकिसन कोल्सावालले ४६ तथा अमित श्रेष्ठले ३४ रन प्रहार गरे । गौरव तोमर, पवन सरार्फ तथा आदिल रासीदले कुनै रन बनाउन सकेनन ।  

धनगढीका लागि कमलसिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट हात पारे । 



१८६ रनको विशाल लक्ष्य पछ्याएको धनगढी १६ ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रनमा समेटियो । 

धनगढीका लागि श्रीमन्था विजयरत्नेले १५ , रोड्रिगो थोमसले १०, विक्रम ठगुन्ना तथा सौरभ खनालले समान ९, कप्तान दिपेन्द्रसिंह ऐरीले ८, सन्दिप जोराले ७, सागर ढकालले ६, अमित यादबले ३, कमलसिंह ऐरीले २, अनिल खरेलले १ रनको योगदान दिए भने सन्दिप सुनारले कुनै पनि रन बनाउन सकेनन् । 



काठमाडौका लागि  बसन्त रेग्मीले ३ पवन सरार्फ तथा सुवोध भाटीले समान २ तथा अमृत भट्टराई तथा सुशन भारीले समान १ विकेट हात पारे ।

खेलमा काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित भए । 

काठमाडौं यसअघि पोखरा पल्टनसँग ९ विकेटले तथा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो । 

त्यस्तै, धनगढीले आप्mनो पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५ रनले हारएको थियो ।

  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार १३:२४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया