समाजवादको सारथी बन्न सहकारीलाई मन्त्री अर्यालको आग्रह

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी क्षेत्रलाई एकीकृत ढंगले उत्पादन क्षेत्रमा लगानी गरी समाजवादको सारथी बन्न आग्रह गरेकी छिन् । 

काठमाडौंमा आज बुधवार राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको ‘कोअपरेटिभ लिडर्स नेशनल फोरम २०७६’ कार्यक्रममा बोल्दै देशको समृद्धिका लागि मुलुकभर छरिएर रहेका सहकारीहरुले एकीकृत र व्यवसायिक ढंगले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा उनले जोड दिएकी हुन् । 

‘पुँजीको निमार्ण बिना समाजवाद आउँदैन, त्यसैले सहकारीले पुँजी निमार्ण गर्नुपर्छ र उत्पादनमा लगाउनुपर्छ, तब समाजबादको रेखा कोरिन्छ र सहकारी कर्मीले समाजबादको अभियान्ता भन्न पाउनुहुन्छ,’ उनले भनिन् । 

अबको दिशा समृद्धि र विकासकै दिशा भएको बताउँदै सहकारी संस्थाहरु एकीकृत उत्पादनमा लाग्नुपर्ने उनको जोड थियो ।





  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार १३:४७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया