मौसमको खराबीका कारण दुई हेलिकाेप्टर पाेखराकाे खेल मैदानमा अवतरण

पोखरा– मौसममा आएको खराबीका कारण पाेखरामा दुई हेलिकाेप्टर खेल मैदानमा अवतरण गराइएको छ ।

पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात् खराबी आउँदा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको हाे ।

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसमअनुकूल रहे पनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो । 

‘पोखरा विमानस्थल हुस्सुको कारणले बन्द हुँदा टावरसँगको सम्पर्कमा दुई हेलिकाेप्टर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ । मौसम खुल्नेबित्तिकै उड्ने तयारीमा छन्,’ पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ अधिकारीले भने ।





  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार १५:११:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया