ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ११ मुर्गवामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

बुधबार बिहान नवलपुरबाट पहलमानपुर आउदै गरेको से १ त ४९२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा डोटी जोरायल गाउँपालिका वडा नं. ४ का १२ वर्षीय विशाल बलामी मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखदले जनाएको छ । 

पहलमानसिंह आधारभुत विद्यालय आम्बासामा कक्षा २ मा अध्ययनरत मगरलाई विद्यालय जाने क्रममा ट्याकटरले ठक्कर दिँदा घटनास्थलमा मृत्यु दिएको इलाका प्रहरी कार्यालय सुखदका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । 

ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : पुस २, २०७६ बुधबार २३:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया