ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव हाउस अफ रिप्रिजेन्टेटिभ्स (तल्लो सदन)बाट पारित भएको छ । अब सिनेटमा हुने छलफलले उनी पदमा रहिरहन्छन् वा त्यहाँबाट पनि हट्नु पर्ने छ भन्ने निर्धारण गर्नेछ । तल्लो सदनबाट राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव पारित भएको यो तेस्रो पटक हो ।

तल्लो सदनले ट्रम्पमाथि दुई आरोपमा मतदान गरेको हो । पहिलो, राष्ट्रपतिले आफ्नो पदको दुरुपयोग गरे र दोस्रो उनले त्यहाँको सदनलाई राम्रोसँग चल्न दिएनन् । 

यी दुवै विषयमा पार्टीगत हिसाबमा नै मतदान भएको थियो । सबै रिपब्लिकनले यसको विरुद्धमा मतदान गरे भने डेमोक्रेट्सले यसको पक्षमा । 

सदनमा यो मतदान हुँदा ट्रम्प चाहिँ चुनावी र्यालीमा सम्बोधन गर्न व्यस्त थिए । 

‘हामी रोजगारी सिर्जना गर्न र मिसिगनका लागि लडिरहेको यो समयमा सदनमा चाहिँ रोष र रिस प्रकट भएको छ,’ उनले त्यो र्यालीमा भने, ‘के भइरहेको छ भन्ने त अहिले तपाईंहरु देखिरहनु भएको छ ।’

अब हुने सिनेटको छलफलमा चाहिँ यो अभियोगलाई निस्तेज पार्न ट्रम्प सफल हुने उल्लेख गर्दै विज्ञप्ति निकालिएको छ ।



यसअघि एन्ड्र्यु जोन्सन र बिल क्लिन्टनमाथि मात्र राष्ट्रपति पदमा रहिरहँदा महाभियोग लागेको थियो ।  



  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार ८:५१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया