काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपा र राजपाबीच भएको चुनावी तालमेललाई दास र मालिकबीचको सम्बन्धको संज्ञा दिएका छन् ।
बुधबार सत्तारुढ दल नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनका लागि तालमेल गर्ने सहमति भएको थियो । जसअनुसार दुई दलले प्रदेश २ अन्तर्गतका चारमध्ये दुई–दुई सिट बाँडपाँट गर्ने सहमति भएको छ ।
सो सहमतिबारे टिप्पणी गर्दै डा. भट्टराईले ट्विटरमा लेखेका छन्– जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ–दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूले पूर्ण मुक्ति हुन्न ! ‘फुटाउ र राज गर’को नीतिमा मालिकहरू खप्पिस छन् । अहिलको नयाँ मालिकहरू झन् धूर्त छन् । खाँचो छ त नयाँ स्पार्टाकसको ! सबैलाई चेतना भया ।’
जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ/दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न!फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन्!अहिलेका नया मालिकहरू झन धूर्त छन्!खाचो छ नयाँ स्पार्टाकसको!सबैलाई चेतना भया!
— Baburam Bhattarai (@brb1954) December 19, 2019
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।