नेकपा स्थायी कमिटीमा भीम रावलकाे कविता : अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभाको चुनावमा राष्ट्रिय जनता पार्टीसँग तालमेलकाे निर्णय गरेपछि साे पार्टीभित्रैबाट विराेध सुरु भएकाे छ ।  यसअघि पनि सरकार र पार्टीभित्रका कतिपय निर्णयकाे विराेध गर्दै आएका रावलले नेकपा स्थायी कमिटी बैठकमा कवितात्मक रूपमा विराेध जनाए । 

यस्ताे छ उनको कविता

अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो
धुम्रबाराहीमा एउटा अभ्यास गरिँदै थियो 
एक्कासि धुवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोकाझैँ फुट्यो

रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ?
विधि र पद्धति भन्ने क्षणभरमा नै धुलो भयो ।

सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन ?
शीर्ष भनी कहलिने नेता हो, इमानले भन ।
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइराख्न सबै छोडौँ
जहाँ पाइन्छ सत्ता, धन, यो जीवन त्यहीँ नै जोडौँ !

३ पुस २०७६
काठमाडौं ।





  • प्रकाशित मिति : पुस ३, २०७६ बिहीबार १७:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया