भारतले कास्मिरमा मिसाइल राखेको भन्दै संयुक्त राष्ट्रसंघमा पाकिस्तानको उजुरी

एजेन्सी– भारत र पाकिस्तानबीचको तनाव झन्–झन् बढ्दै गइरहेको छ । तनावकै बीच पाकिस्तानले कास्मिरमा भारतले मिसाइल लन्चर राखेको आरोप लगाएको छ । 

पाकिस्तानले भारतमाथि आरोप लगाएको मात्र होइन, उसले यसबारे उजुरी गर्दै संयुक्त राष्ट्रसंघमा पत्र नै पठाएको छ ।

पाकिस्तानका पराष्ट्रमन्त्री शाह मोहम्मद कुरेसीले भारतको मिसाइलबारे विश्वलाई जानकारी गराउन बिहीबार संयुक्त राष्ट्रसंघलाई पत्र पठाएका छन् ।

पाकिस्तानमाथि आक्रमण गर्न भारतले आणविक मिसाइल राखेको उनको पत्रमा उल्लेख छ, यद्यपि उनले त्यसको पुष्टि हुने गरी कुनै प्रमाण भने पेस गरेका छैनन् ।





  • प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार १५:१५:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया