पोखरा प्रिमियर लिग : बुटवल र चितवन विजयी

पोखरा– पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्स तथा चिनवन राइनोजले आ–आफ्नो खेलमा जित निकालेका छन् । पोखरा प्रिमियर लिगआन्तर्गत आज भएको पहिलो खेलमा बुटवल ब्लास्टर्सले घरेलु टोली पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारत २० ओभरमा ५ विकेट गुमाउँदै १२१ रनको सामान्य योगफल तयार पारेको थियो । पोखराका लागि रवीइन्दर सिंहले ४५, प्रथमेस डाँकेले २० तथा रोहितकुमार पौडेलले १९ रनको योगदान दिए । बुटवलका लागि हर्ष टोङकले २ तथा नितेश थापा, ललित भण्डारी र शुभम् सिंहले समान १ विकेट हात पारे । १२२ रनको सामान्य लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट गुमाउदै पूरा गर्यो ।

बुटवलका लागि अफ्ताव उदिन अहमदले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा १२ चौका तथा २ छक्काको मद्दतमा ७५ रन प्रहार गरे । त्यस्तै, शंकर रानाले १९ तथा भीम सार्कीले १६ रनको योगदान दिए । पोखराका लागि रासिद खान तथा प्रथमेश डाँकेले समान १ विकेट हात पारे ।
 
योसंगै प्रतियोगितामा बुटवलले दोस्रो जित निकालेको छ । पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा पराजित गरेको बुटवलले दोस्रो खेलमा चितवन राइनोजसँग ११९ रनले पराजित भएको छ । साबिक विजेता पोखराको प्रतियोगितामा यो लगातार तेस्रो हार हो ।

पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेर शानदार सुरुवात गरेको पोखराले दोस्रो खेलमा चिनवन राइनोजसँग ६ विकेटको तथा तेस्रो खेलमा विराटनगर टाइटन्ससँग ४५ रनको पराजय बेहोरेको थियो । 

त्यस्तै, आज नै भएको दोस्रो खेलमा चितवन राइनोजले एक्पर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१को विशाल योगफल तयार गरेको थियो ।

चितवनका लागि आरिफ शेखले अविजित ४७ रन वाबर हायतले ३६ तथा सन्नी पटेलले अविजित ३२ रनको योगदान दिए । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरी तथा अनील खरेलले समान २ विकेट तथा अमित यादवले १ विकेट हात पारे । 



१८२ रनको विशाल  लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ४९, रोड्रिगो थोमसले २४ तथा सन्दीप जोराले २१ रनको योगदान दिए । चितवनका लागि भुवन कर्कीले ३ तथा करण केसी तथा सन्नी पटेलले समान २ विकेट हात पारे ।

प्रतियोगितामा चितवनको यो लगातार तेस्रो जित हो । चितवनले आप्mनो पहिलो खेलमा पोखरा पल्टनलाई ६ विकेट तथा दोस्रो खेलमा बुटवल ब्लास्टर्सलाई ११९ रनले पराजित गरेको थियो । 



प्रतियोगितामा धनगढीको यो दोस्रो हार हो । आप्mनो पहिलो खेलमा विराटनगर टाइटन्सलाई ५ रनले हराएको धनगढीले दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग १०६ रनको पराजय बेहोरेको थियो । 

  • प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार १७:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया