काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टी एकतापछि उठेका विभिन्न एजेन्डामाथि छलफल गर्न यो बैठक २० पुसका लागि बोलाइएको हो ।
स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो ।
अहिले नेकपामा ४ सय ४५ जना केन्द्रीय कमिटीमा सदस्य छन् । यसअघि गत वर्षको जेठमा केन्द्रीय कमिटी बैठक बसेको थियो । अबको बैठकमा वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउने विषयमा पनि कुरा उठ्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।