वडाध्यक्ष धरौटीमा रिहा

ज्यान मार्ने उद्योगमा मुद्दा खेपिरहेका वडाध्यक्षसहित नौजना धरौटीमा रिहा भएका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–६ का वडाध्यक्ष तिलक खड्कासहित नौ जनालाई जिल्ला अदालतले पाँच लाख ७५ हजार धरौटीमा रिहा गरेका हो ।

रिहा हुनेमा वडाध्यक्ष खड्कासहित ओमजंग खड्का, वसन्त खड्का, जंग खड्का, एकेन्द्र खड्का, सन्तोष खड्का, भरत थापा, दीपक खड्का र किरण खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनीहरूमाथि खप्तड छान्ना गाउँपालिका–६ का ७६ वर्षीय डबलबहादुर खड्का र निर्मला खड्कालाई कुटपिट गरेको आरोप लागेको थियो । कुटपिटबाट उनीहरू सख्त घाइते भएका छन् । डबलको दुवै खुट्टा भाँचिएको उनका छोरा त्रिभुवन खड्काले बताए । 





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १०:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया