इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० का महङ्गा खेलाडी

एजेन्सी– इण्डियन प्रिमियर लिग (आइपिएल) को तेह्रौं संस्करणकालागि खेलाडीहरुको अक्सन १९ डिसेम्बरमा कोलकत्तामा भएको थियो । 

यो अक्सनमा अष्ट्रेलियन फास्ट बलर प्याट कमिंसले नयाँ रेकर्ड बनाएका छन् । उनी आइपिएलको इतिहासमा अब सबैभन्दा महंगा विदेशी खेलाडी बनेका छन् । 

उनलाई कोलकोत्ता नाइट राइटर्सले १५.५ करोड भारतीय रुपैयाँमा आफ्नो क्लबमा भित्र्याएको हो । यसभन्दा अगाडि यो रेकर्ड इङ्गल्याण्डका अल राउण्डर वेन स्टोकको नाममा थियो । उनलाई सन् २०१७ मा राइजिङ पुणे सुपरजायन्टले १४.५ करोडमा खरिद गरेको थियो । 

यो सिजनमा पियुष चावला सबैभन्दा महङ्गा भारतीय खेलाडी बनेका छन् । उनलाई ६.७५ करोडमा चेन्नाई सुपर किङ्सले खरीद गरेको छ । 

यो सिजनका लागि खरिद बिक्री भएका अन्य महंगा खेलाडी यी हुन्ः 

 



प्याट कमिंस (अष्ट्रेलिया)

फास्टबलर कमिंसलाई कोलकोत्ता नाइट राइडर्सले १५.५ करोड खर्चेर पुनः क्लबमा फर्काएको छ । 



कमिंस आइपिएलको इतिहासमा सर्वाधिक महङ्गो मुल्यमा बिक्ने विदेशी खेलाडीको सूचीमा पहिलो स्थानको साथ साथै समग्रमा महङ्गा खेलाडीको सुचीमा दोस्रो स्थानमा छन् । यो सुचीको पहिलो स्थानमा भारतीय खेलाडी युवराज सिंह छन । उनलाई सन् २०१५ मा तत्कालिन दिल्ली डेयरडेभिल्सले १६ करोडमा खरिद गरेको थियो । 

कमिंस सन् २०१४÷२०१५ को सिजनमा पनि कोलकोत्तामा थिए । कमिंसले पछिल्लो समय सन् २०१७ मा दिल्लीबाट खेलेका थिए । गत सिजन मुम्बई इण्डियन्समा आवद्ध भएता पनि चोटका कारण उनले खेल्न सकेनन् । 

कमिंसको न्युनतम मूल्य २ करोड थियो । 

 

ग्लेन म्याक्सवेल (अष्ट्रेलिया)

अलराउण्डर म्याक्सवेल १०.७५ करोडमा पुनः किङ्ग्स इलाभेन पञ्जाव फर्किएका छन् । सन् २०१७ मा पञ्जावबाट दिल्ली पुगेका म्याक्सवेलले व्यक्तिगत कारण देखाउँदै गत वर्षको अक्सनमा भाग लिएका थिएनन । म्याक्सवेलको न्युनतम मूल्य २ करोड थियो ।      

 

क्रिस मोरीस (दक्षिण अफ्रिका)

अलराउण्डर मोरीसलाई १० करोड खर्चिएर रोयल च्यालेन्र्जस बैङ्लोरले भित्र्याएको छ । यस अघि उनी दिल्लीबाट खेलेका थिए । मोरीस राम्रो  फिनिसर पनि हुन् । मोरीसको न्यनतम मुल्य १.५ करोड थियो । 

 

सेल्डन कोट्रेल (वेस्ट इण्डिज)

कोट्रेल फास्टबलर हुन् । उनले यो सिजनको आइपिएलमा राम्रो रकम पाएका छन् । उनलाई ८.५ करोड खर्चिएर पञ्जावले आप्mनो क्लबमा भित्र्याएको छ । उनको आइपिएलमा यो पहिलो सिजन हो । कोट्रेलको न्युनतम मूल्य ५० लाख  थियो । 

 

नेथन कुल्टर नाइल (अष्ट्रेलिया)  

यी फास्ट बलरलाई मुम्वइ इण्डियन्सले ८ करोड खर्चिएर आप्mनो क्लबमा भित्र्याएको छ । उनी अघिल्लो बैङ्लोरमा भएता पनि सिजन चोटका कारण गुमाएका थिए । कुल्टर नाइलको न्युनतम मूल्य १ करोड थियो । 

 

सिम्रोन हिटमायर (वेस्ट इण्डिज)

यी ब्याटस्म्यालाई आफ्नो क्लबमा भित्र्याउन दिल्ली क्यापिटल्सले ७.७५ करोड खर्चिएको छ । उनी अघिल्लो सिजन बैङ्लोरमा थिए । हिटमायरको न्युनतम मुल्य ७५ लाख थियो । 

  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १२:५५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया