अष्ट्रेलियामा आगो फैलँदा आफू बिदामा गएकाले अष्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी

एजेन्सी– अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आफू बिदामा गएको विषयमा माफी मागेका छन् । उनी अष्ट्रेलियामा आगलागीले विकराल रुप लिँदा बिदा मनाउन हवाइ पुगेका थिए ।

तर, उनको आलोचना निकै बढेपछि उनले हवाइको भ्रमणलाई छोट्याएर अष्ट्रेलिया फर्किएका छन् । 

अष्ट्रेलियाका तीन प्रदेशमा फैलिएको आगोमा शनिबार एकजनाको शव भेटिएको थियो । सेप्टेम्बरदेखि अष्ट्रेलियामा फैलिएको आगलागीका कारण अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ भने ७ सयभन्दा धेरै घरबारविहिन भएका छन् ।

‘मलाई यहाँका जनतामा भएको अफसोसबारे महसुस भएको छ,’ अष्ट्रेलियन प्रधानमन्त्रीले भने, ‘हामीले यसलाई सम्बोधन गर्न खोजिरहेका छौँ, उद्धार कार्य अगाडि बढाइरहेका छौँ ।’ 





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १३:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया