पोखरा प्रिमियर लिग : चितवन र बुटवल विजयी

पोखरा– पोखरा प्रिमियर लिगमा चितवन राइनोजले लगातार चौथो जित निकालेको छ । चितवनले आज भएको पहिलो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको हो । यो जितसँगै चितवन फाइनलमा पुगेको छ ।    

पोखरा रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रनको सामान्य योगफल तयार पारेको थियो । चितवनका लागि आरिफ शेखले अविजित ३९, कप्तान पारस खड्काले ३५, सन्नी पटेलले अविजित २७ रनको योगदान दिए । 

विराटनगरका लागि जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा तथा मोहम्मद जैद आलमले समान १ विकेट हात पारे । १४७ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १९औँ ओभरमा सबै विकेट गुमाएर १२८ रनमा समेटियो ।  

विराटनगरका लोकेस बमले अर्धशतकीय पारी खेलेता पनि टिमलाई जितसम्म भने पु¥याउन सकेनन् । उनले ३६ बलको सामना गर्दै ५ चौका तथा ५ छक्काको ५ मद्दतमा  ६२ रन प्रहार गरे । त्यस्तै, पुनित मेहराले २४, नोमन खानले १८ रनको योगदान दिए । चितवनका लागि भुवन कार्की तथा करण केसीले समान ३, रोहन मुस्तावाले २ तथा सन्नी पटेलले १ विकेट हात पारे  ।

प्रतियोगितामा लगातार चौथो जित निकालेको चितवनले आफ्नो पहिलो खेलमा पोखरा पल्टनलाई ४ विकेट, दोस्रो खेलमा बुटवल ब्लास्टर्सलाई ११९ रनले तथा तेस्रो खेलमा एक्पर्ट धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको थियो ।

प्रतियोगितामा तेस्रो पराजय बेहोरेको विराटनगरले पहिलो  खेलमा एक्पर्ट धनगढी ब्लुजसँग ५ रनको पराजय बेहोरेको थियो भने दोस्रो खेलमा पोखरा पल्टनलाई ४५ रनले  पराजित गरेको थियो, त्यस्तै तेस्रो खेलमा काठमाडौं  गोल्डेन वारियर्ससँग ३६ रनको पराजय बेहोरेको थियो ।



आज नै भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले एक्पर्ट  धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४० रनको सामान्य योगफल तयार पारेको थियो । 
 
धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ४५ बलको सामना गरेका उनले ६ चौका तथा २ छक्काको मद्दतमा ६१ रन प्रहार गरे । त्यस्तै, सन्दीप जोराले ३९ तथा सौरभ खनालले १० रनको योगदान दिए ।

बुटवलका लागि अभिनाश बोहोराले ४, ललित भण्डारीले ३ तथा कप्तान सोमपाल कामीले १ विकेट हात पारे । १४१ रनको सामान्य लक्ष्य बुटवलले १६.४ ओभरमा विकेट ३ गुमाउँदै पूरा गर्यो । 



बुटबलका लागि अफ्ताव उदिन अहमेदले अर्धशतकीय पारी खेले । २३ बलको सामना गरेका उनले १ चौका तथा ७ छक्काको मद्दतमा ५२ रन प्रहार गरे । त्यस्तै, हर्ष टोंकले ४० तथा शंकर रानाले २५ रनको योगदान दिए । धनगढीका लागि अनील खरेलले २ तथा दीपक पुनियाले १ विकेट हात पारे । 

प्रतियोगितामा बुटवलको यो तेस्रो जित हो । पहिलो खेलमा  काठमाडौं गोल्डेन वारियर्सलाई सुपर ओभरमा हराएको बुटबलले दोस्रो खेलमा चितवन राइनोजसँग ११९ रनको पराजय बेहोरेको थिए । त्यस्तै, तेस्रो खेलमा पोखरा पल्टनलाई ८ विकेटले पराजित गरेको थियो । यो जितसँगै बुटवलको प्ले अफमा पुगेको छ । 

धगढीको प्रतियोगितामा यो तेस्रो हार हो । पहिलो खेलमा  विराटनगर टाइटन्सलाई ५ रनले पराजित गरेको धनगढीले दोस्रो खेलमा काठमाडौं गोल्डेन वारियर्ससँग १०६ रनको तथा तेस्रो खेलमा चितवन राइनोजसँग ५२ रनको पराजय बेहोरेको थियो । यो हारले धनगढीको प्ले अफ सम्भावनालई कमजोर बनाएको छ । 

  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १६:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया