सिभिल बैंकको नवौंँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं– सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारणसभाबाट सञ्चालक समितिको प्रस्तावबमोजिम आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ प्रतिशत का दरले हुन आउने ५२,५८,२२,७०१.५८ (अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाईस हजार सात सय एक रुपैयाँ अन्ठाउन्न पैसा मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ । 

साथै सभाले आ.व. २०७६÷०७७ को लेखापरिक्षण गर्नका लागि एनबिएसएम एण्ड एसोसिएट्सलाई लेखापरिक्षकमा नियुक्त गरेको छ । साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक–आपसमा गाभ्ने/गाभिन(मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकसेवालाइ निरन्तर रूपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ । 

नेपालमै पहिलोपटक बचतकर्ताले सात वर्षसम्मको अवधिका लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा सावाँ तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको छ । सिभिल बैंकको शाखा संख्या १०२ र एटिएम संख्या ७६ पुगेको छ ।





  • प्रकाशित मिति : पुस ६, २०७६ आइतबार १८:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया