लमजुङमा सेनाकाे स्वास्थ्य सिविर

लमजुङ– दूधपोखरी गाउँपालिका २ विचौरको वागेश्वरी माविमा शनिबार नेपाली सेनाको श्रीजङ गणले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट चार सय २६ जनाले सेवा लिएका छन् । 

स्वास्थ्य पहुँचबाट पिछडिएको ठाउँमा शिविर सञ्चालन भएपछि स्थानीय खुसी भएका छन् । शिविरमा हाडजोर्नी, स्त्रीरोग, नसा, नाक, कान घाटी, ल्याव परीक्षण, परामर्श, दाँत एवं आँखा सम्बन्धि जाँच तथा उपचार सेवा प्रदान गरीएको थियो ।

शिविरमा बिशेषज्ञसहित ३५ जना डाक्टरहरुले सेवा प्रदान गरेको जिल्ला सामुदायिक अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । शिविर एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पताल, पुरानो मेडिकल कलेज चितवन, स्वास्थ्य कार्यलय लमजुङ, जिल्ला आखाँ उपचार केन्द्र लमजुङको प्राविधिक सहयोग र लमजुङ सेवा समिति हङकङको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा तीन लाख रुपैयाँ बढीको औषधि वितरण गरीएको प्रमुख श्रेष्ठले बताए ।





  • प्रकाशित मिति : पुस ७, २०७६ साेमबार ९:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया