क्रिकेट अष्ट्रेलियाको ‘दशक टिम’को कप्तान धोनी

एजेन्सी– भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीलाई क्रिकेट अष्ट्रेलियाले आफ्नो वान डे टिम अफ द डिकेड अर्थात् दशकको एक दिवसीय टिमको कप्तानमा छानेको छ । कप्तान कुलको नामले पनि चिनिने धोनीलाई कप्तानी दिएर अष्ट्रेलियाले छानेको यो दशकको क्रिकेट टिममा भारतका मात्र तीन खेलाडी परेका छन् । धोनीसँगै यो टिममा विराट कोहली र रोहित शर्मा परेका हुन् । 

धोनीलाई क्रिकेट अष्ट्रेलियाले यो दशकको गोल्डेन पिरियडका महत्वपूर्ण अनुहार बताएको छ । उनले सन् २०११ मा नै क्रिकेट विश्वकप जिताएर आफ्नो महानता सावित गरेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । 

धोनीको औसत ५० रनभन्दा बढी भएको र उनले यो दशकमा ४९ नटआउट पारी खेलेको क्रिकेट बोर्डले जनाएको छ ।

क्रिकेट अष्ट्रेलियाले छानेको टिममा रोहित शर्मा, हाशिम अमला, विराट कोहली एबी डि भिलियर्स, शाकिब अल हसन, जोन बटलर, महेन्द्र सिंह धोनी, राशिद खान, मिसेल स्टार्क, ट्रेन्ट बोल्ट, लसिथ मलिंगा रहेका छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १६:५६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया