एन्फाले घटायो चार खेलाडीमाथिको प्रतिबन्ध अवधि

कठमाडौं– अखिल नेपाल फुटबल संघले अनुशासनको कारबाहीमा परेका चार खेलाडीको प्रतिबन्ध घटाउने निर्णय गरेको छ ।  

विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न जानुअघि नाइट क्लबमा भेटिएको भन्दै एन्फाको  अनुसन्धान  कमिटीले विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी तथा सन्तोष तामाङलाई प्रतिबन्ध लगाएको थियो । 

अनुशासन कमिटीले विमल र दिनेशलाई ९०÷९० दिन तथा अञ्जन र सन्तोषलाई ४५÷४५ दिनको प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उनीहरूको प्रतिबन्ध अवधि २७ दिन घटाइएको एन्फाले जनाएको छ ।

अनुशासन कमिटीको निर्णयअनुसार उनीहरूमाथिको प्रतिबन्ध मंसिर २७ बाट लागू हुने भनिएको थियो, तर नयाँ निर्णयअनुसार उनीहरूमाथिको प्रतिबन्धको गणना कात्तिक ३० देखि हुने भएको छ ।

अनुशासन कमिटीले उनीहरूमाथि लगाएको जनही ५० हजारको जरिवाना भने यथावत् रहने एन्फाले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १७:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया