एजेन्सी— ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो अस्पताल भर्ना भएका छन् । उनको अवस्था गम्भीर भएको त्यहाँका मिडियाले जनाएका छन् । यसपटक चाहिँ उनी घरमा नै एउटा दुर्घटनामा परेकाले अस्पतालमा भर्ना भएका हुन् ।
६४ वर्षका बोल्सोनारोको टाउकोको स्क्यान गरिएको बताइएको छ । तर, यसमा कुनै समस्या नदेखिएको पनि उल्लेख गरिएको छ ।
यसअघि उनले १ जनवरीमा राष्ट्रपतिको पद सम्हालेका थिए । बीचमा उनलाई क्यान्सर भएको बताइएको थियो । उनको स्वास्थ्यबारे ब्राजिलमा बारम्बार आलोचना गरिने गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।