भक्तपु– प्रहरीले चारजना बंगलादेशी नागरिकलाई नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ । काठमाडौं पेप्सीकोला टाउनप्लानिङबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्ने बंगलादेशी नागरिकमा २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । भारजनामध्येका सुमनले भक्तपुरकाे एक गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी नेपाली नक्कली नोट दिई फरार भएका थिए । साेही सूचनाका आधारमा प्रहरी परिचालन भएको थियो ।
प्रहरी सुमन बस्ने गरेको कोठा खानतलासी गर्दा १ हजार दरका नक्कली नोट १६ थान सहित कुल १८ थान नक्कली नेपाली नोट फेला पारेकाे थियाे । महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको टाेलीले सुमनसँगै कोठामा बस्ने अन्य तीनजनालाई पनि नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले उनीहरुलाई भक्तपुर जिल्ला अदालतमा पेस गरी मुद्रासम्बन्धी कसुरमा अनुसन्धान गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।