बडिमालिका नगरपालिकामा फेसबुक प्रतिबन्ध

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाले कार्यालयमा सामाजिक सञ्जाल फेसबुकलाई प्रतिबन्ध लगाएको छ । कार्यालय समयमा धेरै फेसबुक चलाउने, कामकाज कम गर्ने, सेवाग्राही प्रति उत्तरदायी नहुने समस्या देखिएकोले कार्यालय अवधिभर बन्देज गर्ने निर्णय गरेको हो ।

इमेल इन्टरनेट सेवाबाट सञ्चालन हुने कामकाजमा पनि समस्या हुने र दैनिक काम नै प्रभावित हुने भएपछि फेसबुक चलाउन बन्देज गरेको हो । 

फेसबुक बन्देज गर्ने निर्णयसँगै प्रविधि शाखाले अनलाइन र अन्य सबै साइट खोल्ने, तर फेसबुक नचल्ने बनाएको सूचना अधिकारी हेमबहादुर थापाले बताएका छन् । नगरपालिकाले वर्ल्ड लिंक नामक प्राइभेट इन्टरनेट जडान गरेको छ। 

बडिमालिका नगरपालिकाका वडा र केही विद्यालयमा इन्टरनेट जडान सेवा सञ्चालनमा रहेकोले सबैतिर कामकाज प्रभावित बनेको निष्कर्ष नगरपालिकाको छ । 

विद्यालय, वडामा जनप्रतिनिधि, कर्मचारी र शिक्षक फेसबुकमा व्यस्त हुने र अन्य कामकाज प्रभावित हुने भएकोले बाध्य भएर नगरपालिकाले फेसबुक सञ्चालन गर्न बन्देज गरिएको नगर प्रमुखले पदम बडुवालले बताएका छन् ।

निर्णय कर्मचारी तथा जनप्रतिनिधि सबैका लागि गरिएकोले कसैले पनि चलाउन नपाउने बताइएको छ। निर्णय नमाने कार्य सम्पादन मूल्यांकनमा कमजोरी देखाउने तयारी नगरपालिकाको छ ।





  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १३:२८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया