मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनीत फिल्म ‘छपाक’माथि चाेरीको आरोप लागेको छ । भारतीय लेखक राकेश भारतीले आफ्नो स्क्रिप्ट चोरी गरेको आरोप लगाउँदै मुम्बई उच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।
दुई सातापछि रिलिज हुने तयारीमा रहेको फिल्मको लेखकको रुपमा आफूलाई क्रेडिट दिनुपर्ने भारतीको माग छ । आफूले एसिड आक्रमणमा परेकी एक युवतीको वास्तविक कथामा आधारित स्क्रिप्ट लेखेको र सोही स्क्रिप्टमाथि फिल्म निर्माण भएकाले लेखकको रुपमा क्रेडिट दिनुपर्ने उनको दाबी छ ।
सन् २०१५माआफूले भारतीय मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसनमा दर्ता गराएर ‘ब्ल्याक डे’ नामक फिल्म बनाउने तयारीमा रहेको र सोही स्क्रिप्टअनुसार ‘छपाक’ निर्माण भएपछि उनले त्यसमा आफूलाई लेखकको रुपमा मान्यता दिनुपर्ने दाबी गरेका हुन् ।
यस मुद्दामा अदालतमा शुक्रबार सुनुवाइ हुँदै छ । मेघना गुलजारद्वारा निर्देशित ‘छपाक’ आगामी जनवरी १० मा रिलिज हुँदै छ । जुन फिल्म एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कथामा आधारित छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।