काठमाडौं– बुधबार सुनको मूल्य साताकै उच्च पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ७२ हजार ८ सय र तेजाबी सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्उ एकै दिन ६ सउ रुपैयाँले बढेको हो । मंगलबार छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँ वृद्धि भएर प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।