काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बुधबार मच्छिन्द्र क्लबले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको छ । यसअघि सम्पन्न दुई खेलमध्ये एकमा जित र एकमा बराबरी नतिजा निकालेको मच्छिन्द्रको यो अपराजित यात्रा हो ।
दशरथ रंगशालामा बुधबार भएको खेलमा मच्छिन्द्रका तर्फबाट दुई गोल विदेशी खेलाडीले गरे भने रेजिन सुब्बाले एक गोल गरे । मच्छिन्द्रका लागि पिटर सेगुनले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
मच्छिन्द्रले सुरुआतबाट नै फ्रेन्ड्सलाई दबाबमा राखेको थियो । दोस्रो हाफमा खेलको ५२औँ मिनेटमा एडिलेजा सोमिडेले मच्छिन्द्रका लागि दोस्रो गोल गरे । मच्छिन्द्रका रेजिन सुब्बाले ८५औँ मिनेटमा गोल गरेर टिममा तेस्रो गोल थपे ।
तीन खेलमध्ये दुई खेलमा जित र एक खेलमा बराबरी गरेको मच्छिन्द्रको खेल तालिकामा ६ अंक भएको छ । खेलमा मनाङका विशाल राई म्यान अफ दी म्याच घोषित भएर नगद १० हजार रुपैयाँ पुरस्कार पाएक छन् ।
च्यासल युथ क्लब र न्युरोड टिम (एनआरटी)बीच बुधबारै खेल हुँदै छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।