रामकृष्ण ढकालले लेखेः अरुले जे भनुन्, हाम्रो बोन्ड कहिल्यै मर्दैन

काठमाडौं– बुधबार दिउँसो धेरैले नसोचेको एउटा समाचार आयो– गायक रामकृष्ण ढकालको सम्बन्धविच्छेद । हुन पनि पछिल्लो समय सेलेब्रिटीहरुको सम्बन्धविच्छेद हुनुअघि दम्पत्तिबीच झगडा परेको समाचार आइरहेका हुन्थे । तर, गायक ढकालसँग सम्बन्धित यस्ता समाचार बाहिर आएका थिएनन् । त्यसैले यो अपत्यारिलो समाचार थियो । 

गायक ढकाल र उनकी श्रीमती निलम साह ढकालबीच कानुनी रुपमा हिजो सम्बन्धविच्छेद सकिएको छ । यी दुईले छोरी रानी ढकालको हेरचाह दुवै मिलेर गर्ने निर्णय गरेका छन् । 

यो सम्बन्धविच्छेदका लागि निलमले अदालतमा निवेदन दायर गरेकी थिइन् । अदालतका अनुसार निलमले छुट्टिँदा ढकालसँग कुनै सम्पत्ति नलिने भएकी छिन् । 

यहीबीच रामकृष्ण ढकालले पनि सामाजिक सन्जालमा निलमसँगको एउटा तस्वीर सेयर गरेका छन् र लेखेका छन्, ‘अरुले जे सुकै भनुन्, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’ यति लेखिसकेपछि उनले तीनवटा मायाका इमोजी पनि राखेका छन् । 

रामकृष्ण ढकालको यो पोस्टमा यो सामग्री तयार पार्दासम्म ११ हजारभन्दा धेरैले लाइक गरेका छन् । झन्डै दुई हजारले त त्यसमा रोइरहेको इमोजी राखेका छन् । १२ सयभन्दा बढीले कमेन्ट गरेका छन् । अधिकांश कमेन्टमा रामकृष्ण ढकालको पक्ष लिइएको पाइएको छ । 



कमेन्टमा काशी जेट्ली नामका फेसबुक प्रयोगकर्ताले लेखेका छन्– 

दुखद समचार !



दुखमा साथ नदिइ साथ छोड्नेको कहिल्यै भलो नहोस१

निलमकै लागी घर किनेर रिन तिर्न नसकेर लिलाममा घर पुग्यो यो स्थितिमा ल्याउन लिलमको पनि हात छ होला पैसा र इज्जत कमाउनु मात्रै ठुलो कुरा होइन जोगाउन सक्नु पनि त्यो भन्दा ठुलो हो आफ्नो हैसियत र पारिवारिक अबस्था धेरै कुरा हेरेर बिबाह गर्दा राम्रोहोला सफल पनि होला उहाँले निलमलाई बिबाह गर्दा उतिबेला पनि आलोचना भएकै थियो सामाजिक संजालमा ।अबको जिबन यो भन्दा कयौ गुना राम्रोहोला रामकृष्ण दाई को जनताको माया र सम्मान उहाँ प्रती झन बढेर गएको छ !

काशीको यो कमेन्टमा मात्र ३ सयभन्दा बढीले लाइक गरेका छन् । 

ढकालका अर्का प्रशंसक राज बुढाथोकीले आँसुले नै साथ दिने उल्लेख गर्दै ढकाललाई सान्त्वना दिएका छन् । उनले लेखेका छन्–

चिन्ता नगर्नु सर यस्तै हो जिन्दगी कसले कतिबेला छोडेर जान्छन थाहै हुदैन जानेलाई जान दिनु मन नदुखाउनु चाहिने भन्दा बढी माया कसैलाई गर्नु हुदो रहेन छ । धोका दिदा रैछन त्यसैले सबैभन्दा बढी माया आफैले आफैलाई गर्नु पर्दो रैछ । साथी भने पनि जे भने पनि यहि एउटा आँसु त रैछ सुस्ख मा नि साथ दिने दुस्ख मा नि साथ दिने अरु त सबै स्वार्थी रहेछन् ।

अर्का फेसबुक प्रयोगकर्ता संगीता सुहाङले रामकृष्ण ढकाल र निलम साहलाई फेरि मिल्न अनुरोध नै गरेकी छिन् । उनले लेखेकी छिन्– 

यो समाचार सुन्ने बितिकै धेरै रोए।  हुन त कारण के हो ? उहाहरुलाई नै थाहा होला। तर मलाई ।लाग्छ्। राम दाईलाई आफ्नो करियरमा सहयोग गर्ने। यानिकि आफ्नो करियरलाइ छोड्न नसक्ने मनसाय र भाउजुलाई आर्थिक कुराले पैसा कमाउने मनसाय होला। यहि कुरामा कुरा मिल्न सकेन होला सायद तर अझै पनि मिल्नुहोस दाई भाउजु


 

  • प्रकाशित मिति : पुस १०, २०७६ बिहीबार १०:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया